हिमाल दैनिक
काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी गरिएको छ । सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी एकदुईदिनभित्रदेखि नै लागू हुने गरी कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । उनले बन्दको निर्णय गर्दा सर्वसाधारणलाई घर फर्कनका लागि समय दिइने र निर्णय भने एकदुईदिनपछि मात्र लागू हुन सक्ने बताए । उनले कोरोना संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा कडाई गर्न लागिएको बताए । त्यस्तै नागरिकलाई सहज होस भनेर केहि क्षेत्र भने खुल्ला गर्न सकिने पराजुलीले बताए । उहाले कोरोना नियन्त्रण र रोकथानका लागि अनुगमन र माइकिङ लगाएतलाई तिव्रता दिएपनि त्यसले पनि नपुग्ने भएकाले कडाई गर्न लागिएको उल्लेख गरे । कडाईका क्रममा दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update