
कोलकाता नाइट राइडर्सले यस सिजनको दोश्रो जित हात पारेको छ । लगातार ४ खेल हारेको कोलकाताले सोमबार पन्जाब किङ्ग्सलाई ५ विकेटले पराजित गरेको हो । ६ खेल खेलेको कोलकाता यस जित संगै अंक तालिकाको ५ औं स्थानमा उक्लिएको छ। त्यस्तै पछिल्लो ६ खेलमा पन्जाबबिरुद्ध कोलकाताको यो पाचौ जित हो।
टस हरेर ब्याटिंगका लागि उत्रेको पन्जाबले ९ विकेटको नोक्सानमा १२३ रन बनाएको थियो । त्यसको जबाफमा कोलकाताले ५ विकेट गुमाउदै १६.४ ओभरमा नै १२६ रन बनाउदै खेल आफ्नो नाम गरेको थियो । कप्तान ओयन मोर्गनले ४० बलमा ४७ रन र राहुल त्रिपाठीले ३२ बलमा ४१ रनको पारी खेलेका थिए।
पन्जाबका लागि मोइसेस हेनरिक्स, मोहम्मद शमी, अर्शदीप सिंह र दीपक हुड्डाले १-१ विकेट लिएका थिए।
[team_standings 21413]
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय