हिमाल दैनिक
कार्यकारिणी बैठक बोलाउने विषयमा नै जसपा नेताहरुको विवाद
jaspa
जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक अनिश्चित भएको छ । कोरोना संक्रमणलाई देखाउदै जसपाले कार्यकारिणी बैठकलाई निषेधाज्ञापछि नै सारेको हो । कार्यकारिणी बैठक मंगलबार बोलाउन जसपा पदाधिकारीको बैठक पार्टी कार्यालय बालकुमारीमा बसेको थियो । बैठकले कोरोना महामारी भएकाले अहिले कार्यकारिणी बैठक नवोलाउने निर्णय गरेको हो । जसपाका शीर्ष नेताहरुबीच केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद भएको बुझिएको छ । पदाधिकारीबीचको छलफलमा बाबुराम भट्टराई र उपेन्द्र यादव तत्काल कार्यकारिणी बैठक बोलाएर सरकार गठनबारे निर्णय गर्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो बैठक बोलाउने पक्षमा नदेखिएपछि नेताहरुबीच सहमति जुट्न नसकेको हो । जसपामा ठाकुर र महतो केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादवपक्ष ओलीविरुद्धको गठबन्धनको पक्षमा छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update