कोरोना संक्रमणका कारण भारतसँग खुल्ला सिमाना रहेको कपिलवस्तुमा मंगलवार मात्र २ जनाको मृत्यु भएको छ । मृतक दुवै पुरुष बाणगँगा र बुद्धभुमी नगरपालीका निवासी रहेका छन् । कोरोना माहामारीको दोस्रो लहर फैलिएसँग एक सातामा मात्र ज्यान जानेको सँख्या ७ पुगेको छ भने सक्रिय संक्रमित १ सय ९२ भन्दा बढि रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।
भारतका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोजगारीका लागी पुगेकाहरु नेपाल फर्कने क्रमसँगै संक्रमितको सँख्या बढेको स्वास्थ्यका अधिकारी बताउँछन् । सक्रिय संक्रमितको जिल्लाका विभिन्न स्वास्थ्य संस्थाका साथै बुटवलमा उपचार भैरहेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय