हिमाल दैनिक
पूर्वमहारानी कोमल आइसीयूमा
Komal Rajya Laxmi Devi Shah
पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखेर उपचार भइरहेको छ । “अक्जिनसको मात्रा कम भएकाले उहाँलाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखिएको छ”, उनले भने । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सर्पोटमा राखेर उपचार भइरहेको छ । उनकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको छ । केही दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनिहरु तीनै जनालाई अस्पतालमा भर्ना गरिएको थियो
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update