हिमाल दैनिक
कोभिडको महामारीको दोस्रो चरण आउनुमा सरकारको चरम लापरबाही र अकर्मण्यता देखिन्छ: देउवा
sher-bahadur-deuba
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभित्र फैलिएको कोरोना संक्रमण सरकारको चरम लापरबाहीको संज्ञा भएको आरोप लगाएको छ । कोरोना संक्रमणका बिषयमा कांग्रेस सभापति शेर बहादुर देउवाले आफ्नै निवास बुढानिकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारको असंवेदशीलता र लापरबाहीका कारण उच्चदरमा संक्रमण फैलिएको आरोप लगााएका हुन् । यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मन्यता जिम्मेवारी रहेको भन्दै उनले सरकारले बिगतका गल्तीबाट पाठ सिक्न नसकेको बताए । 'आज हाम्रो राष्ट्र कोभिडको महामारीको दोस्रो चरणमा छ । कम संख्या पीसीआर परीक्षण हुँदा पनि संक्रमणको संख्या धेरै बढेको निष्कर्ष निकाल्न सकिन्छ,’ उनले भने, ‘उपचार गर्न देशको स्वास्थ्य संरचनाले नधान्ने अवस्था छ । यस्तो अवस्था आउनुमा सरकारको चरम लापरबाही र अकर्मण्यता देखिन्छ ।’ उनले कांग्रेस लगाएत सरोकारवालाले दिएको सल्लाहलाई सरकारले आत्मसात गर्न नसकेको तर्क गरे । देउवाले प्रधानमन्त्री ओली अधुर काममा पनि भिडभाड जम्मा गरेर उद्घाटन गर्दै तडकभडकमा मग्न भएको आरोप पनि लगााए । ‘उद्घाटन बाहेक कुनै ठोस काम नगरेकोले लकडाउन गर्नुपर्ने अवस्थामा पुगेको हो,’ उनले भने, ‘कोभिड १९ को परीक्षण नगरी उपत्याका छोड्ने समय दिएर संक्रमितहरु गाउँमा पुगेका छन् । गाउँमा पनि संक्रमण बढ्ने खतरा बढेको छ ।’ त्यस्तै, उनले सरकारलाई तत्काल संक्रमितको उपचारको लागि आईसीयू बेड आवश्यक औषधी उपचार उपलब्ध गराउन माग गरे । उपत्यकामा निषेधाज्ञा गरेपछि कोभिड परीक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु काम संक्रमित जिल्लामा पुगेको उनको भनाई छ । यसका कारण कम संक्रमण भएको जिल्लामा व्यापक हुने खतरा बढेको उनले बताए । कोभिड १९ को अत्यावश्यक अक्सिजन, भेण्टिलेटर तत्काल सुनिश्चित गरियोस्,’ उनले भने, ‘आवश्यक अस्पताल आइसियु बेड लगायत औषधी स्वास्थ्य पूर्वाधारको व्यवस्था गरियोस सबै जिल्लामा कन्ट्याटेसिङ गरी पीसीआर गरियोस् । सीमा नाकामा पीसीआर गरेर होल्डिङ सेण्टरमा राख्ने, पोजेटिभ आए आइसोलेसनमा राख्ने व्यवस्था गरियोस् ।’ पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधको प्रश्नमा देउवाले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति नबनेको बताए । उनले आफूहरूसँग पर्याप्त संख्या नपुगेकोले सरकार र अविश्वासको प्रस्तावको विषय थाती रहेको उल्लेख गरे । देउवाले एमसीसी सांसदबाट पारित हुनुपर्ने बताए । तर, यो विषयमा बाहिर आएजस्तो माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नो कुनै सहमति नभएको तर्क गरे । उनले पार्टीभित्रको क्रियाशिल सदस्यता लगाएतका बिषयलाई छिटो टुङ्ग्याउने बताए ।  
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update