
भारतीय मिडिया आजतक च्यानलका एङ्कर रोहित सरदानाको कोरोनाका कारण मृत्यु भएको छ । ४२ बर्षिय सरदानाको शुक्रबार नोयडाको एक निजी अस्पतालमा मृत्यु भएको आजतकले जानकारी दिएको छ । आजतकले आफ्नो च्यानलमा लाइभ शो मार्फत उक्त कुराको जानकारी दिएको हो । उक्त लाइभ शोमा सरदानाका सहकर्मी एङ्कर अंजना ओम कश्यप र सईद अन्सारी निकै नै भाबुक भएका थिए ।
एक हप्ता अघि रोहितलाई कोरोना पुष्टि भएको थियो। उनलाई अस्पताल भर्ना गरिएको थियो । चित्रा त्रिपाठीका अनुसार उनको रोहितसंग दुई दिनअघि कुरा भएको थियो र स्वास्थ्य अवस्थामा सुधार भएको रोहितले जानकारी दिएका थिए।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय