हिमाल दैनिक
निषेधाज्ञाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रुहरुलाई सास्ती
tribhuwan-international-airport
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले बिहीबारदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाका क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले भने सास्ती व्यहोर्नुपरेको छ । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गन्तव्यमा जाने र फर्कने यात्रुहरुले सहज रुपमा यातायातका साधन नपाउदा सास्ती व्यहोर्नु परेको गुनासो गरेका हुन् । काठमाडौंस्थित आन्तरिक उडानबाट आउजाउ गर्ने यात्रुका लागि नागरिक उड्डयन प्राधिकरणले साझा बस सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको छ । त्यस्तै बिमानस्थलमा यात्रु ओसार–पसार गर्ने जिम्मा प्रि–पेड ट्याक्सीलाई दिइएको छ तर यात्रुहरुले भने सहज रुपमा यातायातका साधान पाउन सकेका छ्रैन । बिमानस्थल पुगेका सर्वसाधारणहरु निषेधाज्ञामा बिमानस्थल आउन र जान गाडी नपाएको र पाएका गाडीहरुले पनि मनपरी शुल्क लिने गरेका कारण मर्कामा परेको बताएका छन् । पर्यटनलाई सेवा दिने उद्देश्यले दर्ता भएका दुई सय भन्दा बढि प्रिपेड ट्याक्सी अहिले विमानस्थलमा सञ्चालित छन् । प्रिपेड ट्याक्सीको व्यवस्थापन गर्दै आएको आइएमएस एयरपोर्ट सर्भिसेज व्यवस्थापन कम्पनीका महाप्रवन्धक जगतमान श्रेष्ठले उडान बन्द नभएको अवस्थामा यात्रुहरुलाई गन्तव्यसम्म पुराउनका लागि पर्यटकिय हरियो नंवर प्लेटको गाडीले सेवा दिइरहेको भन्दै यात्रुहरुको समस्या नरहेको दावी गरे । यात्रुहरुलाई हैरानी हुन नदिन विमानस्थलले नै उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखे । कोरोना संक्रमण दर बढेको भन्दै सरकारले बैंशाख महिनाभर काठमाडौंमा निषेधाज्ञा जारी गरेको छ । तर राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान र अवतरण जारी रहेकाले यात्रुहरुको भिड बिमानस्थलमा देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update