हिमाल दैनिक
मुम्बईले चेन्नईलाई ४ विकेटले हरायो
mumbai-indians-pollard
आइपिएल २०२१ सिजनको २७ औं खेलमा मुम्बई इन्डियनसले चेन्नई सुपर किङ्ग्सलाई ४ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिंग गर्न क्रिजमा उत्रेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै २१८ रनको लक्ष्य दिएको थियो । त्यसको जबाफमा मुम्बईले ६ विकेटको नोक्सानमा २१९ रन बनाउदै जित हात पारेको हो । अन्तिम ओभरमा मुम्बईलाई जितका लागि १६ रन चाहिएको थियो । अन्तिम ओभरमा लुंगी एनगिडीले बलिङ्ग गरेका थिए। पोलार्दले पहिलो ५ बलमा २ चौका र १ छक्क लगाए । ओभरको अन्तिम बलमा २ रनका लागि संघर्ष गरेको मुम्बईलाई एनगिडीले योर्कर बलिङ्ग गरे जसलाई पोलार्डले लान्ग आनमा खेल्दै दौडेर २ रन पुरा गरे। मुम्बईले पहिलो १० ओभरमा ३ विकेटमा ८१ रन बनेका थिए । टिमले अन्तिम १० ओभरमा १३८ रन बनायो । यो सक्सेसफुल रन चेजमा अन्तिम १० ओभरमा बनाएको सबैभन्दा बढी रन हो। यो भन्दा अघि आइपिएलमा यो रेकर्ड मुम्बईले नै राखेको थियो । सन २०१९ मा पन्जाब बिरुद्धको मुम्बईले अन्तिम १० ओभरमा १३३ रन बनाएको थियो । उक्त खेलमा पोलार्डले ३१ बलमा ८३ रनको पारी खेलेका थिए। हिजोको खेलमा पोलार्डले ३४ बलमा ८६ रन बनाएका थिए । उनले १७ बलमा नै अर्ध शतक पुरा गरेका थिए । त्यस्तै उनले फाफ डुप्लेसिस र सुरेश रैनाको विकेट पनि लिएका थिए। यस जितसंगै मुम्बई ८ अंक सहित लिगको चौथौ स्थानमा रहेको छ भने चेन्नई १० अंक सहित लिगको पहिलो स्थानमा रहेको छ ।   [team_standings 21413]
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update