लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राजिनामा दिएका छन् । पोख्रेलले आइतबार लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजिनामा पेस गरेका हुन् । संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ को १ बमोजिम सरकार गठनका लागि राजिनामा दिएको स्रोतले बताएको छ । उनले लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रसस्त गर्न राजिनामा दिएको बताइएको छ ।
उनि बिरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वासको प्रस्तावमाथि आज देखि छलफल हुँदै थियो । उनको राजिनामापछि फेरी राजीनितिक हलचल बढ्ने भएको छ । अहिले नेकपा एमालेको लुम्बिनी संसदीय दलको बैठक जारी छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय