संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई पनि कोरोना पुष्टि भएको छ। आज पर्यटनमन्त्री ढकालले आफु र आफ्नी श्रीमतीमा कोरोना पुष्टि भएको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।
उनले अहिले स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । ढकालले अहिले आफुहरु आफ्नै निवासमा आराम गरेको जानकारी दिए।
त्यस्तै आफुहरुसंग सम्पर्कमा आएका सबैलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गरेका छन् । पछिल्लो समय कोरोनाको चपेटामा मन्त्री तथा नेताहरु पनि परेका छन्। यसअघि नेकापा एमालेका नेता झलनाथ खनाल, खानेमन्त्री मणिचन्द्र थापा र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना पुष्टि भएको थियो ।आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।
— Bhanu Bhakta Dhakal (@dhbhanu) May 2, 2021
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्