हिमाल दैनिक
केकेआरका दुई खेलाडीमा कोरोना देखिएपछि, आजको खेल स्थगित
KKR-RCB-IPL
कोरोनाको कहर आइपिएलमा पनि देखापरेको छ । कोलकाता नाइट राइडर्स(केकेआर) को दुई खेलाडीलाई कोरोना पुष्टि भएको छ । जसका कारण आजको लागि तय भएको केकेआर र रोयल च्यालेन्जर बेङ्ग्लुरु(आरिसिबी) को खेल स्थगित भएको छ । आजको खेल अहमदाबादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुँदै थियो। बीसीसीआईले भारतीय न्युज एजेन्सी एएनआईलाई दिएको जानकारी अनुसार केकेआरका वरुण चक्रवर्ती र सन्दिप वारियार्समा कोरोना पुष्टि भएको हो । आइपिएलको नियम अनुसार यी दुई खेलाडीलाई अहिले बायोबबललाई राखेको छ । आइपिएल २०२१ सिजन सुरु हुनुअघि केकेआरका नितिश राणा, आरिसिबीका देवदत्त पडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया र डेनियल सैम्सलाई पनि कोरोना पुष्टि भएको छ । यसपाली आइपिएल दिल्ली सहित अन्य ६ स्थानमा खेल संचालन गरिएको थियो । यसअघि जारी आइपिएलबाट रविचन्दन अश्विन समेत अन्य ४ खेलाडीले आइपिएलबाट हटेका छन् । दिल्ली क्यापिटल्सका आश्विनले पारिवारिक कारणका अनुसार लिगबाट हटेका थिए । त्यस्तै अस्ट्रेलियाका ३ खेलाडीले पनि लिग छोडेर अस्ट्रेलिया फर्किएका थिए । राजस्थान रोयल्सका एन्ड्रयु टाई र आरसिबीका केन रिचर्डसन व एडम जम्पाले आइपिएल छोडेका थिए ।  
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update