हिमाल दैनिक
नेपालमा सोमबार थप सात हजार ४ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १६ हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा सात हजार तीन सय ८८ र ५१८ एन्टीजेन परिक्षणका क्रममा ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको छ । हालसम्म नेपालका कोरोनाका कारण तीन हजार तीन सय ६२ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप दुई हजार २१ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा दुई लाख ८६ हजार १५ जनाले कोरोना संक्रमणलाई जितेका छन् । हाल नेपालमा ५४ हजार ४१ संक्रिय संक्रमित आइशोलेशनमा र २१२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २५ लाख २१ लाख १६४ पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update