हिमाल दैनिक
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिरामी भएका छन् । मंगलबार मुख्यमन्त्री गुरुङलाई ज्वरो आएपछि उनको आरडिटि परिक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको छ । आरडिटी रिपोर्ट पोजेटिभ आएपछि उनको मंगलबार नै पिसीआर परिक्षण गरिएको एक स्रोतले जानकारी दिए। पिसिआरको रिपोर्ट भने आउन बाँकि नै छ । स्रोतका अनुसार केहि समय अघि उनको सचिवालयका कर्मचारीहरुमा कोरोना पुष्टि भएको थियो। पछिल्लो समय मुख्यमन्त्री गुरुङबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसंगै गण्डकी प्रदेशमा राजीनितिक हलचल बढेर गएको छ । प्रदेश सभा संचालनको बिषयमा मंगलबार सर्बदलीय बैठक बसेपनि कुनै सहमति जुटाउन सकेन । बैशाख १५ गते अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने समयमा एकाएक राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाही बेपत्ता भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेका थिए । सभामुखको उक्त कदम देखि रुष्ट बनेको सत्तपक्षले प्रदेशसभा सञ्चालन गर्न नदिन अनेक तिगदम गर्दै आइराखेको छ । मुख्यमन्त्रीलाई आफ्नो कुर्ची बचाउन र प्रतिपक्षले अविश्वासको प्रस्ताव दर्ता हटाउन लागि परेका बेला गुरुङ अस्वस्थ्य भएपछि झन् बल्झिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update