हिमाल दैनिक
बिश्वासका मत माग्न पुगेका ओलीलाई देउवाले हाने प्रश्नै प्रश्नको झटारो
oli-deuba
संसदमा बिश्वासको मतका पक्षमा सहयोगको आग्रहका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको प्रश्नै प्रश्नको भारी बोकेर फर्किएका छन् । प्रतिनिधिसभाको बजेट अधिवेशनको समयमा बिश्वासको मत लिने भन्दै बिशेष अधिवेशन बोलाएका प्रधानमन्त्री ओली अपराह्न ४ बजे देउवा निवास पुगेका थिए । प्रधानमन्त्री ओलीसंगै उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङसहित देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला लगायतको सहभागिता थियो । करिब डेढ घण्टाको भेटघाटका क्रममा सभापति देउवासंग ओलीले आफ्नो सरकारलाई विश्वासको मत दिन आग्रह गरेको देउवा निकट स्रोतले बताए। जबाफमा सभापति देउवा आफु संसदमा प्रमुख प्रतिपक्ष दल रहेको र प्रमुख प्रतिपक्ष दलको नाताले अहिले चौतर्फ रुपमा असफल बनेको वर्तमान सरकारको प्रधानमन्त्री रहेका ओलीलाई समर्थन गर्न नसक्ने ठाडो जबाफ दिएका थिए । त्यसका अतिरिक्त उल्टै सभापति देउवाले संसदमा बजेट अधिवेशन बोलाउनु पर्ने बेलामा आफु खुशी बिशेष अधिवेशन बोलाएर संविधान र जनभावना विपरितको काम गरेको भनेर आक्रोश व्यक्त गरेका थिए । त्यसै गरि उनले संसदमा विधयेकहरु नलाने र असंवैधानिक र अलोकतान्त्रिक प्रक्रियाबाट अप्रजातान्त्रिक अध्यादेश सहित संवैधानिक परिषद सम्बन्धि अध्यादेश लगायत अप्राजतान्त्रिक अध्यादेशहरु संसदलाई छलेर किन ल्याएको भन्दै प्रश्न गरेका थिए । अघिल्लो पटक जारी गरेर निषकृय भएका उक्त अध्यादेशहरु मंगलबार मात्रै राष्ट्रपति मार्फत जारी गराएका प्रधानमन्त्री ओलीलाई सभापति देउवाले ति सबै अध्यादेशहरु तत्काल फिर्ता लिन पनि दबाब दिएका थिए। यसैगरि ओलीले देशमा बढ्दै गएको कोरोना महामारीको नियन्त्रणका लागि सरकारले भरपुर प्रयास जारी राखेको र यसमा सबैको सहयोग र समर्थनको अपेक्षा गरेको बताएका थिए । तर देउवाले भने उल्टै ओलीलाई झोक्किदै देश र जनता कोरोना महामारीबाट प्रतारित भएका बेलामा जनतालाई पिसिआर परिक्षण, उपचारमा व्यवस्था नगरेर उल्टै औषधि प्रकरणमा स्वास्थ्य मन्त्रालयको तर्फबाट भएको घोटाला सम्बन्धि गतिविधिहरु आपत्ति र निन्दनीय भएको भन्दै उक्त भ्रष्टाचार र अनिमियताका बारेमा छानबिन गरेर दोषी माथि कारबाही गर्न पनि माग गरेका थिए । त्यसैगरि देउवाले कोरोना संक्रमणको नियन्त्रणकोविरुद्ध सरकारलाई आफ्नो सम्पूर्ण स्रोत साधन प्रयोग गरि जनताको ज्यान रक्षाका लागि निशुल्क परिक्षण तथा उपचारको तत्काल व्यवस्था मिलाउन पनि माग गरेका थिए । प्रधानमन्त्रीले केहि दिन अघि आफु बिश्वासको मत लिने भन्दै संसदको बिशेष अधिवेशन बोलाएका थिए । त्यस लगत्तै बिगतमा ओली नेतृत्वको पार्टी एमाले संग पार्टी एकीकरण गरि सरकारमा सहभागी भएको र पछिल्लो समय सर्वाच्च अदालतको फैसला पश्चात पुरानै अवस्थामा फर्किएको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन आज मात्रै फिर्ता लिने निर्णय गरेको छ । माओवादीको समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। उसको बचाऊका लागि माओवादी र कांग्रेसले समर्थन नगर्ने स्पष्ट सन्देश सार्बजनिक भइसकेको छ भने अन्तरिक कलह र बिद्रोहको मोडमा रहेको जनता समाजवादी पार्टी जसपाको एउटा समुहले ओलीको समर्थनमा उत्रिने र अर्को विरुद्धमा उत्रिने स्तिथि बन्दा उक्त पार्टीको भविष्य पनि धरापमा परेको छ ।  
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update