हिमाल दैनिक
केएमसीको धम्कीपूर्ण सूचना: २४ घण्टाभित्र बिद्यार्थी हाजिर नभए परिक्षामा सामेल हुन नदिने
Screen Shot 2021-05-06 at 10.20.02 AM
सरकारले बिभिन्न शिर्षकमा बिदामा बसेका स्वास्थ्य कर्मीहरुलाई तत्काल सेवामा उपस्थित गराउन निर्देशन गरे लगत्तै काठमाडौँ मेडिकल कलेज प्राइभेट लिमिटले बिद्यार्थीहरुलाई धम्कीपूर्ण सूचना दिएर अर्को आतंक मच्चाएको छ । २२ गते जारी गरेको उक्त सूचनामा कलेजले बिएससी नर्सिङ्ग तेस्रोबाट चौथो बर्षमा प्रवेश गरेका बिद्यार्थीहरु तथा बिएनस प्रथम बर्षका बिद्यार्थीहरुलाई नन-कोभिड वार्डमा २४ घण्टा भित्र उपस्थित हुन निर्देशन दिएको छ । क्लिनिकल र प्राक्टिकल ट्रेनिंगको नाममा कलेजले अहिले बिधार्थीलाई तत्काल वार्डमा उपस्थित हुन निर्देशन गरेको छ । यदि बिद्यार्थी २४ घण्टा भित्र उपस्थित नभए निजको कलेजले अनलाइन कक्षा रोकिदिने र काठमाडौँ बिश्वबिद्यालयको सम्पूर्ण परिक्षामा कलेजले बिद्यार्थीलाई सामेल नगरिदिने समेत स्पष्ट उल्लेख गरिएको छ । देशभर कोरोनाको दोश्रो लहरले भयबह बनाएको अवस्थामा कलेजले यस्तो धम्कीपूर्ण आदेश उर्जी गर्दै बिद्यार्थी तथा अभिभाबकहरुलाई थप मनोबैज्ञानिक त्रास फैलाएको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update