हिमाल दैनिक
नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले कोरोना महामारी, राष्ट्रियसभा उम्मेदवारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । जेठ ६ र १७ हुन लागेको राष्ट्रियसभाको निर्वाचनका लागि आज पार्टीको तर्फबाट उम्मेदवार घोषणा गर्ने सम्भावना रहेको छ। त्यस्तै बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत लिंदै छ। त्यसका लागि पनि के कसरी अघि बढ्ने भन्ने बारे आजको बैठक छलफल हुनेछ । हिजो मात्र प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासंग सहयोगको गुहार माग्दै उनको निवास बुढानिलकण्ठ पुगेका थिए । तर ओलीलाई देउवाले उल्टै कांग्रेसको प्रश्नै प्रश्नको भारी बोकाएर फ़र्काइदिए । बिश्वासको मत लिने भन्दै ओलीले बिशेष अधिवेशनको बोलाए लगत्तै बिगतमा ओली नेतृत्वको पार्टी एमाले संग पार्टी एकीकरण गरि सरकारमा सहभागी भएको र पछिल्लो समय सर्वाच्च अदालतको फैसला पश्चात पुरानै अवस्थामा फर्किएको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन बुधबार मात्रै फिर्ता गर्यो । माओवादीको समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। उसको बचाऊका लागि माओवादी र कांग्रेसले समर्थन नगर्ने स्पष्ट सन्देश सार्बजनिक भइसकेको छ भने अन्तरिक कलह र बिद्रोहको मोडमा रहेको जनता समाजवादी पार्टी जसपाको एउटा समुहले ओलीको समर्थनमा उत्रिने र अर्को विरुद्धमा उत्रिने स्तिथि बन्दा उक्त पार्टीको भविष्य पनि धरापमा परेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update