संघिय प्रतिनिधिसभाका ४ सांसदहरुमा कोरोना पुष्टि भएको छ। हिजो गरिएको पिसिआर परिक्षणमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरीको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत लिने भन्दै बैशाख २७ गते बिशेष अधिवेशन बोलेका हुन् । जसका लागि बुधबार सांसद, कर्मचारी र पत्रकारहरुको स्वाब परिक्षण गरिएको थियो । यस संगै अहिलेसम्म ३ मन्त्रिसहित ११ सांसदहरुमा कोरोना देखिएको छ। बाँकीको रिपोर्ट भने आउने बाँकी नै रहेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्