नेकपा (एमाले)ले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको स्थायी कमिटी बैठकमा वाग्मती प्रदेश राष्ट्रियसभा निर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल भएको छ ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्वाचनको तयारीका सम्बन्धमा स्थायी कमिटी सदस्यले विभिन्न सुझाव दिएको र उम्मेदवारका बारेमा छिट्टै निर्णय गरिने जानकारी दिए । आगामी जेठ ६ गते राष्ट्रियसभाको निर्वाचन(वाग्मती प्रदेश) हुँदैछ । सो प्रदेशका लागि दलले यसअघि रामबहादुर थापाको उम्मेदवारी घोषणा गरिसकेको छ ।
सबैतिर निरासा छाएपनि अझै आस मारेका छैन प्रधानमन्त्री ओलीको
कपा एमालेले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी बिभिन्न दलसंगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल चलिरहेकाले सघनरुपमा सबै दलहरुसँगको छलफललाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।बिश्वासका मत माग्न पुगेका ओलीलाई देउवाले हाने प्रश्नै प्रश्नको झटारो
संसदमा बिश्वासको मतका पक्षमा सहयोगको आग्रहका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको प्रश्नै प्रश्नको भारी बोकेर फर्किएका छन् ।प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय