यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।
परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए
प्रतिनिधिसभाका ४ सांसदमा देखिएको कोरोना
संघिय प्रतिनिधिसभाका ४ सांसदहरुमा कोरोना पुष्टि भएको छ। हिजो गरिएको पिसिआर परिक्षणमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरीको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ ।प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय