महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली महतोलाई पनि कोरोना पुष्टि भएको छ । उनले आफ्नो सामाजिक संजाल मार्फत आफु र आफ्नो श्रीमान रघुवीर महासेठलाई कोरोना पुष्टि भएको जानकारी दिईन।
उनले ट्वीटरमा लेखेकी छिन्,'छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ - सजग बनौं!'
पछिल्लो समय पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पती, खानेमन्त्री मणिचन्द्र थापा र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना पुष्टि भएको थियो।
मेरो पनि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखाएको छ। चिकित्सकको निगरानीमा छु, आत्मविश्वास र मनोबल उच्च छ। छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ - सजग बनौं ! 🙏
— जुली महतो (@julimahto) May 5, 2021
प्रतिनिधिसभाका ४ सांसदमा देखिएको कोरोना
संघिय प्रतिनिधिसभाका ४ सांसदहरुमा कोरोना पुष्टि भएको छ। हिजो गरिएको पिसिआर परिक्षणमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरीको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ ।प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय