कोरोनाबाट पोखरामा आज थप ४ जनाको मृत्यु भएको छ । बिहिबार स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार पोखरामा आज थप ४ कोरोना संक्रमितको मृत्यु भएको हो।
पोखरा महानगरपालिका ३ का ८७ बर्षीय कोरोना संक्रमित पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो । त्यसै गरी पोखरा २९ का ४१ बर्षीय पुरुष, पोखरा १७ मा ७३ बर्षीय पुरुष र म्यादीको धौलागिरी गाउँपालिकी ७२ बर्षीय महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
गण्डकी प्रदेशमा अहिले सम्म कोरोना संक्रमणबाट २ सय ४१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय