
वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजना अनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । नयाँ भवन पााँच सय शैय्याको हुनेछ ।
कार्ययोजना अनुसार वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचङ्गु नारायणमा रहेका संरचनालाई शनिबारसम्म आईसीयू शय्यासहितको कोभिड अस्पतालमा रूपान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
शर्मा एण्ड कम्पनीले वीर अस्पतालको अत्याधुनिक भवन निर्माण सम्झौता म्याद सकिनु २ महीनाअघि नै सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय