नेपालमा शुक्रबार थप ९ हजार १ सय ९६ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको १९ हजार ९ सय ८७ पिसिआर परिक्षणका क्रममा ९ हजार २३ जना र ४ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ७७ हजार ६ सय ३ पुगेको छ । त्यस्तै थप ५० संक्रमितको कोरोनाका कारण ज्यान गएको छ भने हालसम्म तीन हजार पाँच सय ७९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप दुई हजार नौ सय ५ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ९५ हजार ३ सय ९५ जना कोरोना संक्रमित मुक्त भएका छन् । हाल ७८ हजार ६ सय २९ सक्रिय संक्रमित आइशोलेशन र ३८० क्वारेन्टााइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ७६ हजार ६ सय ३ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय