हिमाल दैनिक
एनएसएल: धनगढी एफसीलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसी प्ले अफमा
dhangadhi-fc
बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुटवल प्ले अफमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे । सुमनले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरेका हुन् । ओमोलाजा करिमको पासमा उनले गोल गरे । जितसँगै बुटवलले ६ खेलमा ८ अंक जोडेको छ । र, बुटवल चौंथो स्थानमा रहदै प्ले अफमा पुगेको हो । धनगढी भने यस अघि नै प्ले अफमा पुगिसकेको छ । धनगढीले ६ खेलमा १० अंक जोडेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update