हिमाल दैनिक
जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पछिल्लो राजीनितिक घटना बारे छलफल गर्न नेपाली कांग्रेसका सभापतो शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् । देउवाका स्वकीय सचिब भानु देउवाका अनुसार उनिहरु बिहान बुढानिलकण्ठ पुगेर समसामयिक राजीनितिक घटना बारे छलफलमा जुटि राखेका छन् । प्रधानमन्त्री केपि शर्मा ओलीले सोमबार बिश्वासको मत लिने भन्दै बिशेष अधिवेशन बोलाएका छन् । उक्त बैठकमा सरकारको पक्षमा मत दिने वा नदिने भन्ने अन्योलमा रहेको जसपाका नेताहरु सरकारको बिपक्षमा उत्रिएको प्रमुख प्रतिपक्ष दलको नेतृत्वसंग परामर्शका लागि पुगेको हो । यही बिषयलाई लिएर जसपा भित्र तिब्र मतभेद बढ्दै गई राखेको थियो र ओलीप्रति केहि नरम र सकारात्मक मानिएका ठाकुर र महतो पार्टी भित्रको दबाबका कारण पछिल्लो समय ओलीको बिपक्षमा उभिने सम्भावना बढेर गएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update