हिमाल दैनिक
संवैधानिक परिषदको बैठक सुरु, सभामुख सापकोटा र देउवा गएनन्
sambaidhanik-parishad-baithak
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । आइतबार बिहान प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषदको बैठक केहि समय अघि सुरु भएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित भएका छैनन् भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा उक्त बैठकमा उपस्थित भएका छन् । प्रधानमन्त्री ओलीले परिषदको बैठक बिनै संवैधानिक परिषद अध्यादेश जारी गरेपछि त्यसको बिरोधमा सभामुख सापकोटा र देउवाले बैठक बहिस्कार गरेका हुन् । कांग्रेसका सभापति देउवालाई भेट्न जसपाका अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतो बुढानिलकण्ठ पुगेका छन् । अहिले पछिल्लो राजीनितिक घटना क्रमका बारे छलफल र परामर्श लिन जसपाका नेताहरु देउवा निवास पुगेका हुन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update