हिमाल दैनिक
जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार प्रधानमन्त्रीले बिश्वासको मत लिने भन्दै बिशेष अधिवेशन आह्वान गरेसंगै पछिल्लो समय राजीनितिक हलचल बढेर गएको छ । बालुवाटार जानु अघि ठाकुर र महतो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । देउवासंगको भेट पछि उनिहरु अहिले बलुव्तर गुएका छन् । भोलिको बिशेष अधिवेशनमा सरकारको पक्षमा मत दिने वा नदिने भन्ने अन्योलमा रहेको जसपाका नेताहरु सरकारको बिपक्षमा उत्रिएको प्रमुख प्रतिपक्ष दलको नेतृत्वसंग परामर्शका लागि पुगेको थियो । त्यसपछि अहिले ओलीसंग भेटवार्ता गर्न जसपाका नेता बालुवाटार पुगेका हुन् । यही बिषयलाई लिएर जसपा भित्र तिब्र मतभेद बढ्दै गई राखेको थियो र ओलीप्रति केहि नरम र सकारात्मक मानिएका ठाकुर र महतो पार्टी भित्रको दबाबका कारण पछिल्लो समय ओलीको बिपक्षमा उभिने सम्भावना बढेर गएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update