प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले रिक्त विभिन्न आयोगका पदमा नियुक्तिका लागि सिफारिस गरेको छ । आइतबार बिहान बसेको संवैधानिक परिषदको बैठकले लोक सेवा आयोगलगायत निकायमा पदाधिकारी नियुक्ति गर्न शिफारिस गरिएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोको बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने उपस्थित भएनन् । संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भने उपस्थित भएका थिए । त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पनि बैठकमा सहभागी थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्