हिमाल दैनिक
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरी एक पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको हो । कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका १ सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । त्यस्तै माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ । यस अघि पनि पोख्रेलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । वैशाख ६ गते ४१ जना सांसदले उनि विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्ताव दर्ता भएपछि प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ बिशेष अधिवेशन आह्वान गरेका थिए। पोख्रेलले त्यसदिन प्रदेशसभा फेस नगरी बिहानै राजिनामा दिए र प्रदेश प्रमुख यादवले संविधानको धारा १६८ को उपधारा १ मा टेकी पोखरेललाई पूर्ण मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । प्रतिपक्ष दलले प्रदेश प्रमुखको कार्यलय घेरेपछि पोख्रेललाई मुख्यमन्त्री निवासमा नै शपथ खुवाईएको थियो।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update