हिमाल दैनिक
नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु संसद सचिवालयमा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिशेष अधिवेशन आह्वान गदै बिश्वासको मत लिंदै गर्दा एकाएक नेपाल-खनाल पक्षका सांसदहरुले आफ्नो पदबाट राजिनामा दिने भन्दै शनिबार राति नै घोषणा गरेपछि हिजो देखि राजीनितिक परिदृश्यले बेग्लै मोड लिएको छ । अहिले नेपाल-खनाल पक्षका सांसदहरु संसद सचिवालयमा जम्मा हुँदैछन् । नेकपा एमालेका बरिष्ठ नेता नेपाल पनि केहि समय अघि सचिवालय पुगेका छन् । अहिलेसम्म जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, पवित्रा निरौला खरेल, निरादेवी जैरू, सरला यादव, विरोध खतिवडा लगायतका सांसदहरु सचिवालय पुगिसकेका छन् केहि सांसदहरु आउदै गरेको स्रोतले बताए । पार्टीका अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-खनाल पक्षले राखेको माग सम्बोधन नगरेको भन्दै शनिबार राति उनीहरुले अब सांसद पदबाट सामुहिक राजिनामा दिने भन्दै अभिव्यक्ति दिएका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update