हिमाल दैनिक
राजिनामा दिने तरखरमा रहेका माधव नेपाल झलनाथ खनाल पक्षका सांसदहरुलाई मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेल र सुवास नेम्वाङलाई दुत बनाएर पठाएका छन् । पार्टीका अध्यक्षका एबम प्रधानमन्त्री ओलीले आफ्नो माग सम्बोधन नगरेको भन्दै आज नेपाल-खनाल पक्षका सांसदहरुले सांसद पदबाट सामुहिक राजिनामा दिने भन्दै संसद सचिवालयमा भेला भएका छन् । पार्टीका बरिष्ठ नेता माधव नेपाल, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, निरादेवी जैरु, पवित्रा निरौलालगायतका सांसदहरु सचिवालयमा भेला हुँदै गर्दै ओली पक्षका नेता पौडेल र नेम्वाङ पनि सिंहदरबार पुगेका छन् । उनिहरुलाई ओलीले छलफलका लागि पठाएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update