राजीनामा दिने चर्चा चलिरहेका बेला नेकपा (एमाले) का बरिष्ठ नेता माधव नेपाल, सुवास नेम्वाङ र बिष्णु पौडेलबीच वार्ता भइरहेको छ । आफ्ना सांसदहरुलाई राजीनामा दिन संसद सचिवालय बोलाएपछि नेता नेपालले नेम्वाङ र पौडेलसंग छलफल गरिरहेका हुन् ।
राजीनामाका लागि नै एमाले माधव झलनाथ पक्षका सांसदहरु सिंहदरबार पुगेका छन् । पार्टीमा विवाद विवाद बढ्दै गएको र अध्यक्ष केपी ओलीले आफूहरुको माग सम्बन्धोन नगरेपछि राजीनामा दिन लागेको बताइएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअगावै नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय