नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राजीनामा रोकेर थप छलफल गर्ने प्रस्ताव माधवकुमार नेपालसमक्ष पठाएका छन् ।
प्रधानमन्त्रीको प्रस्ताव लिएर नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ नेता नेपालसँग छलफल गर्न सिंहदरबार पुग्नुभएको थियो । छलफलमा कुनै निष्कर्ष निष्कन नसकेको नेताहरुले जनाएका छन् । छलफलपछि एमाले नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओली र माधव नेपालबीच फोनमार्फत कुराकानी भएर आफुहरुलाई भेट्न पठाएको बताए । अहिलेको पार्टीको समस्या र त्यसको हलका सम्बन्धमा खुलस्त कुरा भएको उनले बताए । प्रधानमन्त्रीको सन्देश पनि आफुहरुले नेपालसमक्ष राखेको र नेता नेपालले पनि आफ्नो धारणा खुलस्त राखेको नेम्वाङले जानकारी दिए ।
उनले देखिएका समस्या समाधानलाई टुङ्गोमा पुराउनुपर्ने चिन्ता देखिएपनि निष्कर्ष भने निस्कन नसकिएको जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्