हिमाल दैनिक
जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आइतबार पार्टी नेता बाबुराम भट्टराईको निवासमा बसेको जसपा शिर्ष नेताको बैठकले ओलीलाई विश्वासको मत नदिने सर्वसम्मत निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । ओलीलाई विश्वासको मत नदिने सर्वसम्मत निर्णय भएको तर प्रधानमन्त्रीको विपक्षमा रहने वा तथष्ट रहने भन्ने अधिकार सांसदहरुलाई नै दिने उनले बताए । जसपाभित्र यादव र बाबुराम भट्टराई पक्षले प्रधानमन्त्रीको बिपक्षमा र महन्थ ठाकुर र राजेन्द्र महत्तो पक्षले तथष्ट बस्ने तयारी गरेका छन् । अध्यक्ष यादवले तथष्ट बस्ने वा प्रधानमन्त्रीको बिपक्षीमा मत दिने बिषयमा सांसदहरुले स्वबिकेक प्रयोग गर्न सक्ने बताए । बैठकपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले संसद भित्र पूर्ण लोकतन्त्रको अभ्यास गर्ने बताए । उनले सांसदहरुलाई स्वविकेक प्रयोग गर्न छोडिदिने निर्णय भएको बताए । आइतबार जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि शिर्ष नेताको बैठक बसेको थियो । प्रधानमन्त्री ओलीसँगको भेटमा उनीहरुले आफूहरुले सरकारलाई विश्वासको मत दिए पार्टी विभाजन हुने भन्दै मत नदिने स्पष्ट पारेका थिए । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिदै छन् । संसदमा जसपामा हाल ३२ जना सांसद छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update