हिमाल दैनिक
खनाल–नेपाल पक्षले दिए प्रधानमन्त्री ओलीलाई एक रातको अल्टिमेटम
madhav-nepal-pax-saamsad
नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा आउन वैशाख २७ गते बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । सिंहरबारमा आइतबार बसेको सो पक्षको सांसदहरुको बैठकले वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको नेता योगेश भट्टराईले जानकारी दिए । बैठकले बिहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । यदि आफूहरुको मागमा प्रधानमन्त्रीले वेवास्ता गरे कठोर निर्णय गर्न बाध्य हुने उनले बताए । भट्टराईले सोमबार बिहान ९ बजेर ३० मिनेटमा सांसदहरुलाई सचिवालयमा बोलाएको जानकारी पनि दिए । बैठकले पार्टी एकता रक्षा गर्न पार्टी अध्यक्षको भूमिका हुनेभएपनि अध्यक्षले पार्टी एकता रक्षागर्ने भूमिका निर्वाह नगरेको निष्कर्ष निकालेको छ भने पार्टी अध्यक्षले निकालेको बक्तव्यले पार्टीको एक पक्षलाई बञ्चित गर्ने काम गरेको नेता भट्टराईले बताए । यसअघि सो पक्षले आइतबार नै राजीनामा दिने तयारी गरेको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update