हिमाल दैनिक
नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा आउन आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । सो अबधि सक्किन अब १५ मिनेट मात्र बाँकी छ। सिंहरबारमा आइतबार बसेको सो पक्षको सांसदहरुको बैठकले वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको नेता योगेश भट्टराईले जानकारी दिएका थिए । हिजोको बैठकले बिहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको थियो । सो अवधिमा यदि आफूहरुको मागमा प्रधानमन्त्रीले वेवास्ता गरे कठोर निर्णय गर्न बाध्य हुने उनले बताए । भट्टराईका अनुसार सोमबार बिहान ९ बजेर ३० मिनेटमा सांसदहरुलाई सचिवालयमा बोलाइएको छ । बैठकले पार्टी एकता रक्षा गर्न पार्टी अध्यक्षको भूमिका हुनेभएपनि अध्यक्षले पार्टी एकता रक्षागर्ने भूमिका निर्वाह नगरेको निष्कर्ष निकालेको छ भने पार्टी अध्यक्षले निकालेको बक्तव्यले पार्टीको एक पक्षलाई बञ्चित गर्ने काम गरेको नेता भट्टराईले बताएएका थिए । नेपाल-खनाल पक्षले हिजो नै राजीनामा दिने तयारी गरेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update