हिमाल दैनिक
नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा आउन दिएको समय अबधि सकिएको छ। आइतबार सिंहरबारमा बसेको खनाल-नेपाल पक्षका सांसदहरुको बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न ६ बुँदे प्रस्ताव सहित आज बिहान ९ बजे सम्मको अल्टिमेटम दिएका थिए । तर, ओलीले उक्त अल्टिमेटमलाई बेवास्था गरिदिएका छन् । अब हिजोको बैठकको निर्णय अनुसार साढे नौ बजे नेपाल पक्षका सांसदहरुलाई सचिवालय बोलाइएको छ । पार्टीका नेता योगेश भट्टराईले हिजो तोकिएको सिमा अवधिमा प्रधानमन्त्रीले बेवास्था गरे कठोर निर्णय गर्न बाध्य हुने बताएका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update