हिमाल दैनिक
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनेछन् । सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update