हिमाल दैनिक
पूर्व प्रधानमन्त्री एबम जसपाका संघीय परिषद्‌ अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली आजै नै विदाइ धारणा ब्यक्त गरेका छन् । नेता भट्टराईले आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत प्रधानमन्त्री ओलीलाई आज नै विदाई गर्नुपर्ने चार कारण उल्लेख गरेका छन् । प्रधानमन्त्री ओली कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, संविधान विपरित संसद्‌ विघटन गरेको र दुई तिहाई नजिक रहेको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको र खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको आरोप भट्टराईले लगाएका छन् । प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा बिश्वासको मत लिंदै छन् । ओलीलाई आफ्नो सरकार बचाउन १३६ मत आवश्यक छ । सत्तापक्ष दल नेकपा एमाले संग अहिले १२१ सांसद छन्। तर सो संख्या भित्र पनि नेपाल-खनाल पक्षका सांसदहरु बैठक सुरु हुनु अघि नै राजिनामा दिने तरखरमा छन्। त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका ६१ सांसद र माओवादीको ४९ सांसदले भने ओलीकोविरुद्ध मतदान गर्दै छन् । जसपा भने यो मतदानमा विभाजित भएको छ । आइतबार बसेको बैठकले जसपाको ३२ सांसदहरुले ओलीको पक्षमा मतदान नगर्ने तर उनको विरुद्ध वा तथष्ट बस्ने भन्ने बिषयमा सांसदहरुले स्वबिकेक प्रयोग गर्ने निष्कर्ष निकालेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update