हिमाल दैनिक
अब नेकपा एमाले सकिने अवस्थामा पुग्यो
madhav-kumar-nepal
माधव झलनाथ खनाल समूहका सांसदहरु सिंहदरबारमा छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन माधव नेपाल समूहले आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएका थिए । सो अबधि सकिएपछि अहिले नेपाल-खनाल पक्षका सांसदहरु छलफलका लागि सिंहदरबार पुगेका छन् । माधव कुमार नेपाल, योगेश भट्टराई, झापट रावल, भिम रावल लगायतका सांसदहरु सिंह दरबार पुगी सकेका छन् छलफलमा सहभागी हुन सिंहदरबारमा पुगेका एमाले सांसद झपट रावलले अब पार्टी सकिने अवस्थामा पुगेको बताए । आफुहरु सबै पार्टी एकताको लागि प्रयत्नमा रहेपनि केपी ओलीबाट पार्टी एकताका लागि पहल नभएको उनको भनाई छ । कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न पार्ने काम भएकाले अबै प्रयास असफल भएको उनले बताए । नेपाल समूहले आइतवार नै सामूहिक राजीनामाको तयारी गरेपनि अन्तिम समयमा रोकिएको हो।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update