हिमाल दैनिक
पार्टी र सरकारको नेतृत्वविरुद्ध असन्तुष्टि पोख्दै राजिनामाको धम्की दिएको एमालेको असन्तुष्ट पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको थप कोर्राको अपेक्षा गरेको छ । प्रधानमन्त्री ओलीले बिश्वासको मतका लागि आज बोलाएको बिशेष अधिवेशनमा उपस्थितिका लागि ६ बुँदे शर्तअघि सारेको नेपाल-खनाल पक्षले आफ्ना मागहरुको सुनुवाई नभएपछि सांसद पदबाट राजिनामा दिने धम्की दिएको उक्त समुह एक कदम पछि हटेको छ । यसअघि पार्टीबाट निलम्बनमा परेका माधव नेपाललगयतका नेताहरुले नेतृत्वलाई दबाब दिन पर्याप्त सांसद संख्या नपुगेपछि बैकल्पिक बाटो रोजेको हो । सोमबार बिहान सिंहदरबारमा बसेको उक्त समुहको बैठक पश्चात नेता भिम रावलले आफुहरुले राजिनामा पनि नदिने र सरकारको पक्षमा मत दिन नजाने जानकारी दिए । नेपालको संविधान, नेपालको लोकतन्त्रको मूल्य मान्यताको रक्षाका लागि अनुपस्थित हुने निर्णय गरेको उनले बताए । त्यस्तै रावलले संसद विघटन गर्ने, दल विभाजनको प्रयास गर्न्, भ्रष्टाचारको संरक्षण गर्ने र विश्वासको मत लिने एक दिनअघि संवैधानिक परिषद् बोलाएर नियुक्ति गर्ने प्रधानमन्त्री केपी लाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक नैतिकतालाई ध्वस्त गर्ने काम हुने तर्क गरे । आफूहरुले सामूहिक राजीनामा दिने विषयमा पनि छलफल गरेको तर अहिलेलाई अनुपस्थित हुँदा पुग्ने निष्कर्षमा पुगेको पनि उनले बताए । रावलले केपी शर्मा ओली नै सर्वोच्चको फैसलाभन्दा विपरीत हिँडेकाले अवैध अध्यक्ष भएको र अवैध अध्यक्षले दिएको निर्देशन मान्य नहुने तर्क गरे । आफ्ना सबै सांसदलाई संसदमा उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मत दिन संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले हिजै व्हीप जारी गरेका थिए । तर, नेपाल खनाल पक्षले उक्त व्हीपको उलंगन गर्दै संसदीय अभ्यासमा अर्को नयाँ रेकर्ड कायम गर्दैछ । यदि उक्त समुहले व्हीप उलंगन गरेमा ससंदीय दलको बिधान र प्रचलित ऐन अनुसार उक्त समुहलाई ओलीले अर्को कोर्रा बर्साउने छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update