हिमाल दैनिक
सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री ओलीलाई छैन: दाहाल
pushpa-kamal-dahal-prachanda
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री ओलीलाई नरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बिशेष अधिवेशनमा प्रचण्डले प्रतिनिधि सभा विघटन गरेर पुन प्रतिनिधिसभामा नै विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री ओलीलाई नरहेको बताएका हुन् । प्रचण्डले पार्टीभित्रको नेताको विवादको मार प्रधानमन्त्री ओलीले संसद, देश र जनतामाथि थोपर्न खोजेको तर्क गरे । अहिले विश्वासको मत लिन आएकाप्रति पनि शंका गर्दै प्रचण्डले फेरि विघटनको बाटो बनाउन होकी भन्ने आभाष भएको बताए । प्रचण्डले अहिलेको अधिवेशन पनि लोकतान्त्रिक तरिकाले नबोलाएको बताए । बजेट अधिवेशन बोलाएर त्यहीँबाट विश्वासको मत लिनुपर्नेमा त्यसो नगरेको भन्दै उनले रोष प्रकट गरे । प्रचण्डले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाए ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update