पार्टी व्हिप उल्लंगन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको बिश्वासको मतमा सत्तारुढ दलका २८ सांसद अनुपस्थित रहेका छन्। सोमबार प्रधानमन्त्री ओलीले बिश्वासको मत लिने भन्दै प्रतिनिधि सभाको बिशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले मागेको बिश्वासको मतको पक्षमा मतदान गर्न पार्टीले जारी गरेको व्हिप विपरित माधब नेपाल, झलनाथ खनाल पक्षले २८ सदस्यले बैठकमा अनुपस्थित भई ओलीको बिपक्षमा उभिएको सन्देश दिएका छन्।
आज मतदानमा कुल २३२ जनाले मतदान गरेका थिए । जसमध्य ओलीको पक्षमा ९३ मत खसेको छ भने १२४ ओलीको बिरुद्धमा मतदान भएको थियो भने १५ सांसद तथष्ट बसेका थिए।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय