जनता समाजवादी पार्टी (जसपा)का १५ सांसद आजको मतदानमा तथष्ट बसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत लिने भन्दै सोमबार बसेको बिशेष अधिवेशनमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत खसेको थियो। त्यस्तै उनको बिपक्षमा १२४ मत खसेको थियो भने १५ जना सांसदहरु तथष्ट बसेका छन् ।
पहिल्लोसमय सत्ता समिकरणको लागि जसपा दुई खेमामा विभाजित भएको थियो। महन्त ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीको पक्षमा उभिएका थिए भने उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीको बिरुद्धमा उभिएका थिए । आइतबार साँझ जसपाको शिर्ष नेताको बैठकले ओलीलाई विश्वासको मत नदिने सर्वसम्मत निर्णय गरेको थियो ।तर प्रधानमन्त्रीको विपक्षमा रहने वा तथष्ट रहने भन्ने अधिकार सांसदहरुलाई नै दिने निर्णय भएको थियो । जस अनुसार आज जसपाका १५ सांसदहरु तथष्ट नै बसेका छन् ।
पुराना राजपा नेपालका १५ सांसद तथष्ट बसेका छन् भने पुराना संघिय समाजवादी पार्टीका सबै सदस्यका अतिरिक्त २ सदस्यले ओलीको बिपक्षमा मतदान गरेका छन् ।
आजको बैठकमा एक बर्ष अघि ओलीको अध्यादेशबाट त्रसित हुँदै नाटकीय उपेन्द्र यादवको पार्टीसंग रातारात पार्टी एकीकरण गरेको जसपा संसदीय दलको नेताको सट्टा पुराना राजपा र संघीय समाजवादी पार्टीका नेताद्वय ठाकुर र यादवले बेग्ला-बेग्लै दलको तर्फबाट संसदमा बोलेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय