हिमाल दैनिक
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा विश्वास गुमाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको हो । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशनमा संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२) बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव निर्णयार्थ पेस गर्दा सदनमा उपस्थित मध्ये ९३ ले ओलीलाई मत दिएका छन् । विपक्षमा १२४ मत पर्दा १५ तटस्थ रहेका थिए । मतबिभाजनमा २ सय ३२ सांसद सहभागी भएका थिए । बहुमत गुमाएसँगै वर्तमान सरकार कामचलाउमा परिणत भएको छ । साथै अब नयाँ सरकार गठनको प्रक्रिया पनि प्रारम्भ हुनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update