हिमाल दैनिक
सत्तारुढ दलकै २८ सांसदले पार्टीको व्हिप उल्लंगन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्ध उभिएका छन् । सोमबार प्रधानमन्त्री ओलीले बिश्वासको मत लिने भन्दै प्रतिनिधि सभाको बिशेष अधिवेशनमा माधव नेपाल, झलनाथ खनाल पक्षका २८ सांसदहरु अनुपस्थित रहे। प्रधानमन्त्री ओलीले मागेको बिश्वासको मतको पक्षमा मतदान गर्न पार्टीले जारी गरेको व्हिप विपरित माधब नेपाल, झलनाथ खनाल पक्षले २८ सदस्यले बैठकमा अनुपस्थित भई ओलीको बिपक्षमा उभिएको सन्देश दिएका छन्। आजको बिशेष अधिवेशनमा नेपाल-खनाल पक्षका २७ सांसद अनुपस्थित थिए। सांसद कलिला खान भने संसदमा उपस्थित थिइन् तर उनि मतदानमा भाग लिईन्।

एमालेका को-को सांसदले व्हिप उल्लंगन गरे त ?

१. योगेश भट्टराई २. झलनाथ खनाल ३. पवित्रा निरौला खरेल ४. भवानी खापुङ ५. जयकुमार राई ६ . यज्ञराज सुनुवार ७. गणेश पहाडी ८. विरोध खतिवडा ९. कृष्णलाल महर्जन १०. माधवकुमार नेपाल ११. जीवनराम श्रेष्ठ १२. नारायण खतिवडा १३. घनश्याम भुसाल १४. गोकर्ण विष्ट १५. सोमप्रसाद पाण्डे १६. मेटमणी चौधरी १७. झपट रावल १८. भीमवहादुर रावल १९. दिपकप्रकाश भट्ट २०. सुरेन्द्र पाण्डे २१. रामकुमारी झाँक्री २२. सरला यादव २३. पुष्पाकुमारी कर्ण २४ं कल्याणी खड्का २५.निरादेवी जैरु २६. कलिला खान (उपस्थित तर भोट नहालेको ) २७. लक्ष्मीकुमारी चौधरी २८. मुकुन्द न्यौपाने
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update