सरकारले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न शिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रि परिषद्को बैठकले प्रतिनिधि सभाको बिशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति राष्ट्रपति समक्ष सिफारिस गरेको हो । प्रतिनिधि सभाको अर्को बैठक बैशाख ३० गते बोलाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत लिने भन्दै आज बिशेष अधिवेशन आह्वान गरिएको थियो । उनकै पार्टीका २८ सांसदले पार्टीको व्हिप उल्लंगन गर्दै संसदमा उपस्थित भएनन् ।
२०७४ साल फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशनमा संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२) बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्ताव निर्णयार्थ पेस गर्दा सदनमा उपस्थित मध्ये ९३ ले ओलीलाई मत दिएका छन् । विपक्षमा १२४ मत पर्दा १५ तटस्थ रहेका थिए । मतबिभाजनमा २ सय ३२ सांसद सहभागी भएका थिए । बहुमत गुमाएसँगै वर्तमान सरकार कामचलाउमा परिणत भएको छ । साथै अब नयाँ सरकार गठनको प्रक्रिया पनि प्रारम्भ हुनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय