हिमाल दैनिक
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि तीन दिनको समय तोकेकी छिन्। सोमबार साँझ राष्ट्रपति भण्डारीले संविधानको धारा (७६) को २ बमोजिम वैकल्पिक सरकार गठनको लागि ३ दिनको सिमा अवधि तोकेकी हुन् । आज प्रधानमन्त्री ओलीले बिश्वासको मत लिने भन्दै आह्वान गरिएको बिशेष अधिवेशनमा विश्वासको मत गुमाएपछि पद मुक्त भएका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई बिहिबार साँझ ९ बजे भित्र दाबी पेश गर्न आह्वान गरेका छन्। ओली प्रधानमन्त्री पदबाट मुक्त भएपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले सरकार गठन गर्नका लागि आह्वान गर्नु पूर्व नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जस्पाको उपेन्द्र यादव समुहले संयुक्त सरकार गठनको पहल गर्न माग गरेका थिए।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update