हिमाल दैनिक
ठाकुर र महतो ओलीको विकल्प देख्दैनन्
jaspaa
जनता समाजवादी पार्टी(जसपा) का महन्त ठाकुर पक्षले संयुक्त सरकारमा नजाने घोषणा गरेको छ । सोमबार मध्यरातमा जसपाका अध्यक्ष महन्त ठाकुरले प्रेस बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको भन्दै जसपा नयाँ सरकारमा नजाने घोषणा गरेका हुन् । ‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो,' बिज्ञप्तिमा भनिएको छ । उनले सरकारले मधेशी आदिवासी जनजाती, थारु महिला, दलित, मुस्लिमलगायत सिमान्तकृतहरूको महत्त्वपूर्ण सवालहरू मुद्दा फिर्ता बन्दि रिहाई नागरिकता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका विषय सम्बोधन गरेकाले गठबन्धन सरकारको वकालत गर्नु त्रुटिपूर्ण हुने बताएका छन् ।
जसपाको अनौपचारिक विभाजन, पुराना राजपा नेपालका १५ सांसद तथष्ट बसे

त्यस्तै सोमबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा विश्वास गुमाएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समुहले संयुक्त सरकार गठनको पहलका लागि आह्वान गरेका थिए । पहिल्लोसमय सत्ता समिकरणको लागि जसपा दुई खेमामा विभाजित भएको थियो। हिजो संसदमा जसपा भित्रको अन्तरिक विवाद छताछुल्ल भएको छ । हिजो ठाकुर- महतो पक्षका सांसद तथष्ट बसेका थिए भने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले ओलीको बिरुद्धमा मत दिएका थिए । त्यस्तै बैठकमा एक बर्ष अघि ओलीको अध्यादेशबाट त्रसित हुँदै नाटकीय उपेन्द्र यादवको पार्टीसंग रातारात पार्टी एकीकरण गरेको जसपा संसदीय दलको नेताको सट्टा पुराना राजपा र संघीय समाजवादी पार्टीका नेताद्वय ठाकुर र यादवले बेग्ला-बेग्लै दलको तर्फबाट संसदमा बोलेका थिए । यस बिज्ञप्तिसंगै ठाकुर-महतो समूह ओलीको पक्षमा देखिएका छन् भने उपेन्द्र यादव, बाबुराम भट्टराई समुह नयाँ सरकार गठनमा लागि परेका छन् ।  
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update